काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यालय प्रयोजनका लागि २७६ वटा कम्प्युटर खरिद गर्ने भएको छ । राष्ट्र बैंकले
एक सूचना जारी गर्दै उक्त कम्प्युटर सामाग्री खरिद गर्न बोलपत्र आह्वान गरेको हो ।
सूचना अनुसार बैंकले अल इन वान ब्राण्डेड डेस्क्टप कम्प्युटर खरिद गर्नेछ । उक्त कम्प्युटर खरिद गर्न सम्बन्धित निकायबाट आपूर्ति गर्न इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीले बोलपत्र पेश गर्नुपर्ने छ ।
५ हजार रुपैयाँ शुल्क तिरेर कम्पनीहरुले भदौ २८ गतेभित्र तिरी रीतपूर्वक आवेदन दिन सक्ने बैंकले जनाएको छ । बोलपत्र पेश गर्दा १० लाख रुपैयाँ बैंकमा निक्षेप जम्मा गर्नु पर्ने छ ।