Logo
Logo

कार्डबाट कारोबार गर्दा एनएमबि बैंकको १०० रुपैयाँ क्यास ब्याक अफर


504
Shares

काठमाडौं । एनएमबि बैंकले डेबिट कार्डमा १०० रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ । बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रुपैयाँ क्यास ब्याक हुने घोषणा गरेको हो ।

सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल मार्फत कारोबार गर्दा १०० रुपैयाँ क्यासब्याक पाइने बैंकले जनाएको छ ।

यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्