Logo
Logo

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य


1.4k
Shares

काठमाडौं । एसिया कपमा नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ ।

पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभार दुई बलमा अलआउट हुँदै २३० रन बनाएको छ ।

नेपालको लागि ओपनर आसिफ शेख र सोमपाल कामीले उत्कृष्ट प्रर्दशन गरे । आसिफ अर्धसतकिय पारी खेले भने सोमपाल अर्धसतक बनाउन दुई रनेले चुके ।

आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किए । आसिफको खेल करियरकै दशौं अर्धसतक हो । एकदिवसीय खेलमा उनले अहिलेसम्म एक हजार दुई ४२ रन बनाएका छन् । ५६ बल खेलेको सोमपाल ४८ रनमा क्याच आउट भए ।

नेपालको लागि सन्दीप लामिछानेले ९, दीपेन्द्र सिंह ऐरीले २९, ओपनर कुशल भुर्तेल ३८, भीम सार्कीले ७, कप्तान रोहितकुमार पौडेलले ५, कुशल मल्लले २ र गुल्शन झाले २३ रनको योग्दान दिएका छन् ।

भारतका मोहम्मद सिराज र रवीन्द्र जडेजाले ३र३ विकेट लिए । मोहम्मद सामी, हार्दिक पान्ड्या र सार्दुल ठाकुरले एकएक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्