Logo
Logo

सिआइबी प्रवक्ताको छलाङमा ब्रेक


62.3k
Shares

काठमाडौं । यतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी)मा एसपी नवराज अधिकारीले प्रवक्ताको भूमिका निर्वाह गरिरहेका छन् । पछिल्लो पटक भक्तपुरको कमाण्ड गर्न तम्सिएका एसपी अधिकारीको कतै सरुवा भएन । त्यही प्रवक्ता भएर काम गरिरहका छन् । आफ्ना सहकर्मीलाई शक्तिको आडमा पछाडि धकेल्दै एसपी हुँदै महत्वपूर्ण जिल्ला कमाण्ड गरिसकेका अधिकारीले तेस्रो जिल्ला कमाण्ड गर्न तम्सिएका हुन् ।

एसपी नवराज अधिकारी

स्थानीय तहको निर्वाचनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’को गृहजिल्लामा अधिकारीको सरुवा भएको थियो । २०५८ सालमा प्रहरी निरीक्षकमा नाम निकालेकाहरू अहिले नेपाल प्रहरीमा एसपी छन् । २०७५ फागुनमा उक्त ब्याचबाट पहिलो ‘लट’मा एसपी भएकामध्ये अधिकारी पनि एक हुन् । दार्चुलाको प्रहरी प्रमुख रहेका बेला उनी डीएसपीबाट बढुवा भएका थिए । उनी एसपी भएको झन्डै १६ महिनापछि कपिलवस्तुको प्रहरी प्रमुख बने, जतिबेला उनीभन्दा ११ महिना अघि एसपी भएकाहरूले पहिलोपटक जिल्ला प्रमुख बन्ने पालो कुरेका बसेका बेला उनी कपिलवस्तु पुगेका थिए ।

कपिलवस्तुबाट सरुवा भएका अधिकारी झन्डै ७ महिनामा अर्को महत्वपूर्ण मानिने जिल्ला चितवन पुगेपछि उनको शक्तिलाई धेरैले जिब्रो टोकेका थिए । २०७४ भदौमा मात्र महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रमुख भएर बाहिरिएका अधिकारीले त्यसपछि आकर्षक मानिने प्रहरी प्रधान कार्यालयको कल्याण शाखामा बसेर काम गरेका थिए । तर, त्यहाँ पनि उनी लामो समय बसेनन् ।

केही महिनापछि दार्चुला प्रहरी प्रमुख बनेर सरुवा भएका थिए । त्यहीबाट उनले छलाङ मार्न शुरु गरेका हुन् । अहिले उनी पुनः भक्तपुर जाने तयारीमा रहेपनि ब्रेक लागेको छ । भक्तपुर नपाएपछि उनी बढुवा अघि कुनै अर्को एक जिल्लाको कमाण्ड गरेर जाने दाउमा छन् ।

यसैबीच, प्रहरी प्रधानकार्यालयले ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिहरेकासहित ४८ जना प्रहरी उपरीक्षक (एसपी) तथा एक सय २० जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । सरुवामा ३० जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । एसपी प्रमुख हुने १२ जिल्ला तथा डिएसपी प्रमुख हुने १८ जिल्लामा नयाँ नेतृत्व पुगेका छन् ।

जसमा सिआइबीमा सुन तस्करीको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूको सरुवा भएको छ । एसपी सञ्जयसिंह थापाको कमाण्डमा सुन तस्करीको अनुसन्धान भइरहेको छ । तर, उनको सरुवा नुवाकोटमा भयो । उनी भने यो प्रकरणलाई टुंगोमा पुर्याएपछि मात्रै नुवाकोट जाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्