काठमाडौं । नेपाल एसबिआई बैंकले शिव शिखर सहकारीको अर्बाैं रकम ठगी गर्ने केदारनाथ शर्मा न्यौपानेको ४ कम्पनी लिलामीमा राखेको छ । कर्जा तिर्न पटक पटक ताकेता गरेपनि वेवास्ता गरेपछि शर्माले धितो राखेको सम्पत्ति बिक्री गरेर बैंकले रकम असुनल गर्न लागेको हो ।
बैंकले शिखर अर्गनाइजेशन लिमिटेड, शिखर स्पाइस एण्ड फुड फ्रुट इण्डष्ट्रिज प्रा.लि., शिव शिखर खाद्य उद्योग प्रा.लि. र नटराज फुड ईण्डष्ट्रिज प्रा.लि.का सम्पत्ति लिलामीमा राखेको हो । यी कम्पनीको नामबाट शर्माले एसबिआई बैंकबाट करिब २ अर्ब रुपैयाँ बराबरको कर्जा लिएको बुझिएको छ । कर्जा लिएर चुक्ता नगरेपछि शिखर अर्गनाइजेशनको नाममा रहेका सम्पत्ति बिक्रीमा राखेको बैंकले जनाएको छ ।
कम्पनीको नाममा मालपोत कार्यालय विराटनगर मोरङमा दर्ता कायम साविक बैजनाथपुर गा.वि.स. १ स्थित कित्ता नं. १६८, १६९ र १७० को कूल क्षेत्रफल १ हजार ४१० वर्गमिटर जग्गा र राइस मिल तथा दाल मिल, सिराहाको साविक चन्द्रयोध्यापुर गा.वि.स. ४ स्थित कित्ता नं. ३३७६ को क्षेत्रफल २७ हजार ५४७.६६ वर्ग मिटर जग्गा, सर्लाहीको साविक जब्दी गा.वि.स.२ स्थित कित्ता नं. १००, १६९, १७१, १७०, ८६ र ८५ र सोही गा.वि.स.को वडा नम्बर ९ स्थित कित्ता नं. ९१ सहितको कूल क्षेत्रफल १३ हजार ९१६.९९ वर्ग मिटर जग्गा लिलामीमा राखिएको बैंकले जनाएको छ ।
यस्तै, भक्तपुरको साबिक छालिङ गा.वि.स.६ स्थित कित्ता नं. १६८, १६९, १७०, १७१, १७२८७१ र ८७० को कूल क्षेत्रफल २ हजार ६७८.४३ वर्गमिटर, कैलालीको साविक चुहा गा.वि.स. ४ स्थित कित्ता नं. १५९३, १५८१, १५८५ १५०२, १३४४, १५७५, १५६८, १२५५, १२५७, १०८९, १५६७, ११९८, १२५८, ११९५, ११९७ १२५६, १५९४, १५९५, १६०० १५९७ १८४२२१९५१ को कूल क्षेत्रफल १५ हजार ३५७.०१ वर्ग मिटरजग्गा र राइस मिल तथा दाल मिल लिलामीमा राखेको हो ।
त्यस्तै बैंकले शिखर स्पाइस एण्ड फुड फ्रुट इण्डष्ट्रिज प्रा.लि.लाई कर्जा वापतको राखेको धितो पनि लिलामीमा बिक्री गर्नेछ । चितवनका साविक भरतपुर नगरपालिका ५ स्थित कित्ता नं. १९६७, १९६२, १९६४ १०४३ र ८२७ को कूल क्षेत्रफल १ हजार ५१९.५६ वर्गमिटर र साविक हाजीपुर गा.वि.स. ६ स्थित कित्ता नं. ६६, ६७ र ६८ को कूल क्षेत्रफल १ हजार ९३०.१७ वर्गमिटर जग्गा बिक्री गर्ने भएको हो ।
त्यस्तै, शिव शिखर खाद्य उद्योग प्रा.लि.को नाममा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा दर्ता कायम काठमाडौं महानगरपालिका १६ स्थित कित्ता नं. २११, २१६, २१० २०९, २१३, २१२, २१५ र २१४ को कूल क्षेत्रफल ९०६.३० वर्ग मिटर जग्गा बिक्री गर्नेछ । साथै, भक्तपुरको चाँगुनारायण ५ स्थित उद्योगमा रहको हनी प्रोसेसिङ मेशिन, भ्याकुम ड्रायर मेशिन, प्याकिङ मेशिन र बाँकेको बैजनाथ गाँउपालिका ५ स्थित उद्योगमा रहको चना रोष्टिङ मेशिन लिलामीमा राखेको हो ।
साथै, प्रदेश ३–०१०२४ च ७७६५ नम्बरको इसुजु मोटर्स र बाग्मती प्रदेश–०३ ००१ च १०७५ नम्बरको टाटा मोटर्स पनि बिक्री गर्नेछ ।
नटराज फुड ईण्डष्ट्रिज प्रा.लि.को नाममा मालपोत कार्यालय मोरङ्गमा दर्ता कायम साविक कटहरी गा.वि.स. वडा नं. २ स्थित कित्ता नं. १८ को क्षेत्रफल ३ हजार १०५.०० वर्ग मिटरजग्गा र जग्गाले चर्चेको बिस्कुट बनाउने प्लान्ट लगायत सम्पूर्ण परियोजना (घर, जग्गा, टहरा, कारखाना, कार्यालय भवन लगायतको सम्पूर्ण निर्माण कार्य), सुनसरीको दुहबी नगरपालिका ८ स्थित अटोमेटिक नम्किन मिक्सिङ लाइन मेशिन, अटोमेटिक नम्किन फ्रायिङ लाइन मेशिन तथा अटोमेटिक मल्टिपर्पोज फ्रायर मेशिन लिलाममा राखेको बैंकले जनाएको छ ।
यस्तै, बाग्मती प्रदेश–०१ ००३ क ९१६८, बाग्मती प्रदेश–०१ ००३ क ९१६९, बाग्मती प्रदेश–०१ ००३ क ९१७० र बाग्मती प्रदेश–०१ ०२६ च ४०२७ नम्बर प्लेट भएका टाटा मोटर्सका सवारी साधन बिक्रीमा राखेको हो ।
धितोमा राखिएको उद्योग, घरजग्गा, सवारी साधन र मेशिनरी जहाँ जुन अवस्थामा छ सोही अवधिमा बिक्री गरिने बैंकले बताएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितो सम्पत्ति बिक्रीमा राखेको बैंकले जनाएको छ ।
खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले ३५ दिभित्र बोलपत्र पेश गर्नुपर्नेछ । प्राप्त बोलपत्रहरु असोज २५ गते खोलिने बैंकले जनाएको छ ।