Logo
Logo

वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखियाे


756
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राखिएको छ ।

सभागृहमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। त्यसपछि उनको आजै पशुपतिस्थित आर्याघाटमा अन्त्यष्टि गरिने छ ।

वडाध्यक्ष रिजालको उपचारका क्रममा आज बिहान साढे ६ बजे ग्रान्डी अस्पतालमा निधन भएको थियो। उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए। डेंगीको संक्रमण देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो।

उनी गत स्थानिय निर्वाचनबाट नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्