Logo
Logo

हजाराैँ सहिदका सपना पूरा गर्ने जिम्मेवारी काँधमा छ : प्रधानमन्त्री


378
Shares

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरेश वाग्ले वासुलगायत हजारौँ सहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका छन् । सुरेश वाग्ले अध्यापन गराएको श्री जनता माध्यमिक विद्यालयमा आयोजित सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेलको २४औं स्मृतिसभा तथा सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिदहरूलाई स्मरण गर्दै माओवादीले उठानका गरेका मुद्दा र जनताको चाहाना पूरा गर्न अझै बाँकी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि सरकारले जनयुद्ध र जनयुद्धका सहिद बेपत्ता र योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताए । त्यसको सुरुवात जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदको घोषणा गरेर राजपत्रमा प्रकाशित गरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरेको उनको भनाइ छ ।

अहिले सत्य निरोपण तथा बेपत्तासम्बन्धि बिधयेक प्रक्रियामा रहेको बताउँदै उनले पारित भएपछि देशैभर सहिद बेपत्ता परिवारको सम्मान हुने बताए । प्रधानमन्त्री शनिबार सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेल (बैरागी)को २४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन गोरखा आएका हुन् ।

सहिद वासु २०१० सालमा गोरखा जिल्लाको आँपपिपल गा.वि.स ५ रातडाँडामा एक किसान परिवारमा जन्मिएका थिए । उनी नेपालको इतिहासमा पुरानो निरंकुश सामन्ति राजतन्त्रात्मक राज्य सत्ताको अन्त्य गर्दै नयाँ जनवादी राज्य स्थापनाका लागि तात्कालीन माओवादीको नेतृत्वमा २०५२ फागुन १ बाट जनयुद्धमा सहभागी भएका थिए ।

जनताको सर्हारावादी क्रान्तिको नेतृत्व र प्रतिनिधित्व गर्दै पार्टीको महत्वपूर्ण जिम्मेवारी बहन गर्न अघि बढ्ने क्रममा २०५६ भदौ २३ गते गोरखाको गाँखुमा अभियानको क्रममा राज्यपक्षबाट हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्