Logo
Logo

मुलुक बीपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको छ : देउवा


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक बीपी कोइरालाले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको बताएका छन् ।

बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले विपीले देखाएको राजाितीक चिन्तनले नै मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको बताए ।

सभापति देउवाले आफुहरु बीपीको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेको पनि बताए । तर अझै बीपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु कमजोरी भएको उनकाे भनाइ छ ।

आर्थिक समानताका सम्बन्धमा मार्क्सवादी चिन्तनलाई पनि बीपीले आवश्यक ठान्ने गरेको उनले बताए । निरपेक्ष साम्यवाद र निरपेक्ष पुँजीवाद दुवै अपूर्ण देखेर बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अघि सारेको बताउँदै देउवाले भने, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्रलाई झिकिदियो भने साम्यवाद हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्