काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाको आरम्भ गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ ।
यस नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानी काठमाडौं र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वको सहर छिन्ताओसँग जोड्ने छ । एअरलाइन्स्ले हरेक आइतबार, सेप्टेम्बर १०, २०२३ देखि निर्धारित यस रुटको लागि साप्ताहिक सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
पहिलो आउटबाउन्ड उडान, एच–९ ७२२०, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको थियो र छिन्ताओकोे जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ः२२ बजे अवतरण गरेको छ । यस उडानको अवधि ५ घण्टा ५० मिनेटको छ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय रहेको थियो ।
उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किराँती प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएको थियो । यसका साथै नेपालका लागि चिनियाँ राजदूत चेङ सोङलाई हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ एनयोङ र उपाध्यक्ष विजय श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
एयरलाइन्सका अध्यक्ष एनयोङले भन्नुभयो, “काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाको उद्घाटन हिमालय एअरलाइन्स्का लागि महत्वपूर्ण उपलब्धी हो । छिन्ताओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो जसले एसियालाई युरोपसँग जोड्दछ । दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं ।”
“हिमालयको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । हिमालयले नेपालबाट चीनको लागि नयाँ रुटहरुमा उडान भर्दै आएको छ । यस अर्थमा नयाँ मर्केट स्थापित गर्नमा हाम्रो योगदान उल्लेखनीय छ । यस रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको छ ।”
राजदूत सोङले पनि आफ्नो विचार राख्दै भन्नुभयो, “काठमाडौं–छिन्ताओ–काठमाडौँ उडान सेवाको आरम्भ नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण हो । चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ र नेपललाई भूपरिवेष्ठितबाट भू–जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पु¥याउनेछ । यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्नेछ । यस रुटले हाम्रा दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पु¥याउने कुरामा म विश्वस्त छु ।”
सो अवसरमा आफ्नो मन्तब्य राख्दै मन्त्री किराँतीले भन्नुभयो, “हिमालय एअरलाइन्स्ले काठमाडौं– छिन्ताओ–काठमाडौं उडान सेवाको सुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु । यस प्रकारको सेवा नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण हो । छिन्ताओ चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक शहर हो ।
दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडान सेवाले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्नेछ । यस रुटबाट हिमालय एअरलाइन्स्ले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु र यसै अवसरमा म छिन्ताओ बासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु ।”
एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले नयाँ सुरु गरिएको रुटप्रति उत्साह व्यक्त गर्दै भन्नुभयो, “हिमालयको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । हिमालयले नेपालबाट चीनको लागि नयाँ रुटहरुमा उडान भर्दै आएको छ । यस अर्थमा नयाँ मर्केट स्थापित गर्नमा हाम्रो योगदान उल्लेखनीय छ । यस रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको छ ।”