Logo
Logo

मुक्तिनाथ विकास बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी गर्ने


441
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वैकल्पिक ऊर्जा क्षेत्रमा लगानी गर्ने भएको छ । मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सस्टेनेबल इनरर्जी च्याजेन्ज फण्ड अन्तर्गत बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले एक समारोहबीच हस्ताक्षर गरेका छन् ।

यो कदमले नवीकरणीय उर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरुमा सहज रुपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको बैंकले जनाएको छ ।

विगतदेखि नै बैंकले वातावरण प्रदुषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा कर्जा लगानी गर्दै आएको छ । यो सहकार्यले वातावरण संरक्षण र हरित उर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्