Logo
Logo

प्रहरीका आइजिपी कोरिया प्रस्थान


2.7k
Shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर नेतृत्वको सात जनाको टोली कोरिया प्रस्थान गरेको छ ।

साइबर अपराध प्रतिकार सम्बन्धी रणनीतिक पाठ्यक्रम विषयक कार्यशालामा सहभागी हुन सोमबार उनीसहित सात सदस्यीय टोली कोरिया प्रस्थान गरेका हुन् ।

महानिरीक्षक कुँवर सङक्युनक्वान विश्वविद्यालय पिएमसीको आयोजनामा भदौ २५ गतेदेखि असोज ३ गतेसम्म हुने कार्यशालामा सहभागी हुन गएका हुन् ।

उक्त टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेकप्रसाद राई, मीरा चौधरी, प्राविधिक प्रहरी नायब महानिरीक्षक ई।फणीन्द्र बराल, प्रहरी नायब महानिरीक्षक विकाशराज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्रबहादुर खत्री छन् ।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

उक्त कार्यशालामा नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदानप्रदान तथा छलफल हुने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्