एजेन्सी । लिबियामा बाढीमा परी पाँच हजार बढीको मृत्यु भएको छ । डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा आएको सुनामी जस्तो बाढीले सबैभन्दा बढी असर डेरेना सहरमा परेको छ ।
बुधवारसम्म उद्धारकर्मीहरूले डेर्ना सहरमा ५३ सय भन्दा बढी शवहरू गणना भेटिएको बताएका छन् । यद्यपी मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
बाढीका कारण सो सहरका ३० हजार मानिस विस्थापित भएका छन् । आईओएमले प्रभावित क्षेत्रमा औषधि, खोज तथा उद्धार उपकरणसहित कर्मचारी पठाएको छ ।