Logo
Logo

प्रस्तावित न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन


504
Shares

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो । यसअघि बिनोद शर्माबिरुद्ध उजुरी गर्न १० दिनको सार्वजनिक सुचना जारी गरेपनि उनीबिरुद्ध कुनै उजुरी प्राप्त नभएपछि समितिले सिधै सुनुवाई गरेको थियो ।

समिति सभापति पशुपतिशम्शेर राणाले न्याय परिषदको पत्रानुसार शर्मालाई सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमा सिफारिस गरेबमोजिम संसदीय सुनुवाई गरेर शर्माको नाम सर्वसम्मतले अनुमोदन गरिएको जानकारी दिए ।

त्यसअघि सुनवाईका क्रममा प्रस्तावित न्यायाधीश शर्माले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्ने, प्रभावकारी कानूनी उपचारको व्यवस्थामा आफ्नो ध्यान केन्द्रीत हुने बताए । शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मासात गर्दै आफुले कार्यसम्पादन गर्नेसमेत उनले बताए । उनले न्यायालयप्रति जनताको विश्वास कायम गर्न पनि प्रभावकारी रुपमा काम गर्ने जिकिर गरे । न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्