काठमाडौं । एनआइसी एसिया बैंकले राष्ट्र बैंकको नियम विपरित ब्याजदर सार्वजनिक ग¥यो । यस बैंक भदौ महिनाको ‘क’ वर्गका बैंकको बचत निक्षेपमा औसत ब्याजदर ५.५०४ प्रतिशत छ । यसमा १० प्रतिशतको क्यापको हिसाब गर्ने हो भने बैंकले ६.०५४ प्रतिशतभन्दा बढी ब्याज पु¥याउने काम नियम विपरित हुन्छ । यस बैंकले बचतमा ६.३५८ प्रतिशत ब्याज दिने सूचना जारी गर्यो । जुन सरासर नियम विपरित थियो ।
भदौ महिनाको क वर्गका बैंकको बचत निक्षेपमा औसत ब्याजदर ५.५०४ प्रतिशत रहेको बैंकर्स संघको भनाइ छ । यसमा १० प्रतिशतको क्यापको हिसाब गर्ने हो भने बैंकले ६.०५४ प्रतिशतभन्दा बढी ब्याज पुर्याउने काम नियम विपरित हुन्छ । तर, प्राइम कमर्सियल बैंक लिमिटेडले भने बचतमा ६.३५८ प्रतिशत ब्याज दिने सूचना जारी गरेको थियो ।
एनआइसीले यसरी नियमको धज्जी उडाउँदा अन्य बैंकहरू आश्चर्यमा परेका छन् । राष्ट्र बैंकले पछि ब्याजदर नियममै राख्न यी दुई बैंकलाई ठाडो निर्देशन दियो । राष्ट्र बैंकको ठाडो निर्देशनमा अन्ततः एनआईसी एशिया बैंकले ब्याजदर सच्याएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको अवस्था खस्कदो छ । यस्तो अवस्थामा एनआइसी एसिया बैंकले आफ्ना ग्राहकलाई उठिवास गराउने उद्देश्य लिएको छ ।
हरेक दिन पत्रपत्रिकामा एनआइसी एसिया बैंकले सयौँ ऋणीहरूको घरजग्गा लिलामीको सूचना निकाल्दासमेत राष्ट्रबैंक टुलुटुलु हेरेर बसेको छ ।
बैंकको काम उत्पादन क्षेत्रसँग जोडिएका साना ठूला उद्योगीहरूलाई संरक्षण र सहयोग पु¥याउनु हो । तर, एनआइसी एसिया बैंकले लिलामीमा चढाएका ऋणीको सूची हेर्दा उद्योग धन्दालाई सहयोग गर्नेभन्दा घरजग्गा लिलाम गरेर मुनाफा कमाउन खोजेको देखिन्छ ।
यस बैंकले सुरुमा ऋण दिन ग्राहकहरूलाई विभिन्न प्रलोभन दिने गरेको र पछि ऋण तिर्न नसकेको बहानामा विचौलियासँग मिलेर घरजग्गा हडप्ने गरेको सयौँ घटना छन् ।
यस्तै घटना गत वर्ष लुम्बिनीमा संचालित एक होटलले भोग्नुप¥यो । होटललाई थाहै नदिई बिचौलियासँग मिलेर होटल लिलामीमा चढाएपछि स्थानीय व्यवसायीहरूले एनआइसी बैंकको लुम्बिनी शाखामा तालाबन्दी गरेर विरोध जनाएका थिए ।
केन्द्रीय बैंकको नियमन फितलो हुँदा बैंकहरू मुनाफा कमाउने होडबाजीमा अरुको सम्पत्ति हडप्ने काममा लागेका छन्, जुन बैंकको उद्देश्य विपरित हो । यसमा राष्ट्र बैंकको समेत ध्यान जानुपर्छ । स्रोतका अनुसार राष्ट्रबैंकका कर्मचारीसँग बैंकका सिइओ रोसन न्यौपानेको सेटिङ भएकाले उनले जस्तोसकै आर्थिक अपराध गरेपनि जोगिदै आएका छन् ।