Logo
Logo

सन्राइज क्यापिटलले गर्यो नयाँ पुस्तालाई लक्षित गरी पुँजी बजारसम्बन्धी सारक्षरता अभियान


378
Shares

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रालिको सहकार्यमा, पूँजी बजार साक्षरता सुधार गर्न र युवा पुस्तालाई सशक्तीकरण गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर पुँजी बजारसम्बन्धी साक्षरता अभियान सञ्चालन गरेको छ ।

विसं २०८० भदौ २४ गतेदेखि २७ गतेसम्म लुम्बिनी प्रदेशको नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीका विभिन्न कलेजमा लगानी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रमबाट सन्राइज क्यापिटलले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्नुका साथै नयाँ पुस्तालाई पुँजी बजार सम्बन्धमा साक्षर बनाउन र सेयर बजार लगानीसम्बन्धी व्यावहारिक तथा आधारभुत ज्ञान प्रदान गर्न सफल भएको क्यापिटलले जनाएको छ ।

उक्त कार्यक्रम भदौ २४ गते धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज), २५ गते ऐश्वर्या बहुमुखी क्याम्पसमा सम्पन्न गरिएको थियो । जसमा २५० भन्दा बढीको सहभागी रहेको र विशेष गरेर स्नातक तहका बिद्यार्थी सो कार्यक्रमबाट लाभान्वित भएका थिए । यस्ता कार्यक्रमहरुले विद्यार्थी वर्गहरुलाई पूँजी बजारको सुक्ष्म ज्ञान प्रदान गर्नुका साथै लगानी रणनीति, बजार विश्लेषण र वित्तीय योजनामा बलियो आधार प्रदान गर्न सहयोगी हुने कम्पनीको ठम्याइ रहेको छ ।

त्यसैगरी २६ भदौमा लुम्बिनी प्रदेशको नेपालगञ्जस्थित बाँके बागेश्वरी क्याम्पसका गैरव्यावसायिक, तर प्राविधिक, आइटी र इन्जिनियरिङ स्नातक तहका विद्यार्थी भदौ २७ मा कर्णाली प्रदेशको सुर्खेतमा सुर्खेत मोडल कलेजमा आयोजित कार्यक्रममा विद्यार्थी समुदायबाट अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सफल रहेको क्यापिटलले जनाएको छ ।

क्यापिटलको तर्फबाट इन्भेस्टमेन्ट बैंकिङ प्रमुख विनोद आलेले सहभागीहरूले आर्थिक आत्मनिर्भरताको भावनालाई प्रज्वलित गर्दै आफ्नो वित्तीय गतिविधिमा आफ्नो नयाँ ज्ञानलाई लागू गर्न उत्सुकता व्यक्त गरे । कार्यक्रममा सुर्खेत शाखाका शाखा प्रबन्धक सुष्मा गिरीको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको प्रेरणादायी प्रतिनिधित्व पनि रहेको थियो ।

पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सात वटै प्रदेशमा गर्न क्यापिटलका कार्यकारी प्रमुख विजयलाल श्रेष्ठले जानकारी दिए । अभियानको नेतृत्व सनराइज क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङका प्रमुख विनोद आलेले गरेका थिए ।

जसमा धितोपत्र कारोबार, लगानी रणनीति, जोखिम व्यवस्थापन, डिम्याट, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, मर्चेन्ट बैंकिङ, अनुसन्धान र सल्लाहकार र प्रणालीगत लगानीलगायतका मुख्य क्षेत्रहरूमा केन्द्रित गरिएको थियो । नेपालको पूर्वी प्रान्तमा यस पहललाई निरन्तरता दिने र विस्तार गर्ने योजनासहित कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्