Logo
Logo

१७ वर्ष प्रवेशको उपलक्ष्यमा प्राइम कमर्सियलको रक्तदान कार्यक्रम


567
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १७ (सत्रौँ) वर्ष प्रवेशको उपलक्ष्यमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रक्तदान कार्यक्रम आयोजन गरेको गर्यो ।

आइतबार सम्पन्न उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको उत्साहप्रद सहभागिता रहेको थियो । उक्त रक्तदान कार्यक्रममा कूल ५१ जना रक्तदाताले रक्तदान गरी कार्यक्रम सफल पारेका थिए ।

कार्यक्रममा उपस्थित भई रक्तदान गरी कार्यक्रमलाई सफल तुल्याउने रक्तदाता कर्मचारी तथा शुभेच्छुक सहभागीहरुलाई सम्मानस्वरुप बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले प्रशंसापत्र प्रदान गर्दै भविष्यमा पनि यस्तै सहयोग पाउने आशा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्