Logo
Logo

३० वर्षे सेवाहद हटाउन दौडधुप, थपिएला आईजिपीको कार्यकाल ?


- दृष्टि न्युज/संवाददाता

63
Shares

प्रहरी नेतृत्व हेरफेरको दिन जति जति नजिकिँदै छ, उति उति नयाँ ऐन ल्याउने गरी दौडधूप पनि बाक्लिएको छ। अहिले बहाल रहेकै ब्याच (९० टोली)का एआईजी र डीआईजी नयाँ आईजीपी हुने गरी काम अघि बढ्दै छ।

विद्यमान व्यवस्थाअनुसार सेवा प्रवेश गरेको ३० वर्षलाई अनिवार्य अवकाशको आधार मानिन्छ। तर नयाँ ऐनमा पदावधि र उमेरमध्ये जुन पहिला आउँछ, त्यस आधारमा अवकाश हुने गरी मिलाइएको छ। उमेरहद ५८ वर्ष कायम गरिएको छ। यसअघि गृहमन्त्रालयले तयार पारेको प्रहरी ऐन २०७५ को मस्यौदामा नयाँ प्रहरी ऐन लागू भएको मितिदेखि प्रहरी सेवामा भर्ना हुने कर्मचारीका हकमा ३० वर्षे सेवाहद नलाग्ने उल्लेख थियो।

तर त्यस्तो नीति व्यावहारिक नहुने भन्दै असन्तुष्टि जनाएपछि अहिले नयाँ ऐन अघि बढाइएको हो। मन्त्रिपरिषदको विधेयक समितिले नयाँ ऐन स्वीकृत गरेलगत्तै संसदमा दर्ता हुने र पारित हुने प्रक्रियामा लगिने काम हुन्छ।

तर प्रहरीमा माघ २७ गते रिक्त हुने ३० भन्दा बढी उच्चअधिकारीका हकमा के गर्ने भन्नेबारे अहिलेसम्म टुंगो लागेको छैन। यदि यही ऐन लागू भयो र बहालवाला नेतृत्वले २७ गते अवकाश पाएन भने एआईजी पुष्कर कार्की एक वर्षका लागि आईजीपी हुन्छन् भने सर्वेन्द्र खनालले अझै १ वर्ष चलाउने मौका पाउँछन् भनेर आज माघ ८ को जनआस्था साप्ताहिकले खबर लेखेको छ।

पुष्करले एक वर्ष चलाएपछि फेरि त्यही ब्याचबाट केदार रिजाल केही समयलाई आईजीपी हुन्छन्।

उता आईजिपी खनालको हालैको चितवन र कास्की भ्रमणको गृह मन्त्रालयमा चर्चा चलेको छ । ती भ्रमणका क्रममा बेलुकाको पार्टीमा उनले बोलेको कुरा गृह मन्त्रालयमा पुगेको छ । जसमा उनले आफू अझै १६ महिना आईजिपी हुने बताएका थिए । विभिन्न व्यापारीदेखि जग्गा दलालहरुसम्म रहेको पार्टीमा आईजिपीले पनि पिएका थिए । नशाको सुरमा उनले अनेक कुरा बोलेको रिपोर्टिङ गृह मन्त्रालयमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्