Logo
Logo

च्याङसँग दावाको कनेक्सन


8.7k
Shares

काठमाडौं । लामो समयदेखि चितवनमा व्यवसायिक घाँस खेतीमा लगानी गरिरहेको चिनियाँ टियानु इन्टरनेशनलका सञ्चालक च्याङसँग सुन काण्डमा मुछिएका दावा छिरिङ जोडिएका छन् । दावा छिरिङ मार्फत पूर्वगृहमन्त्री खुमबहादुर खड्काका छोरा र व्यवसायिक क्षेत्रमा राम्रो प्रगति गरिरहेका चन्द्र ढकालका छोरा निशान ढकाल पनि जोडिएका छन् ।

नेपाली र चिनियाँ साझेदार रहेका टियानु इन्टरनेशनलमा दावा छिरिङ कसरी जोडिए भन्नेमा केही खुलेको छैन । तर उनीसँग नेता पुत्र र व्यापारिक घरनाका छोरा जोडिनुले केही न केही स्वार्थ रहेको आशंका छ । यस्तो अवस्थामा सुन काण्डमा मुछिएका बेल्झियम नागरिक दावा छिरिङको पनि संलग्नता र सम्बन्ध देखिएसँगै नेता पुत्र र व्यापारिक घरानाका छोराहरुको पनि उठवस रहेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

नेपालमा उत्पादित घाँस चीनमा निकासी बढ्यो भने कृषिक्रान्ति नै सम्भव छ भन्ने उदेश्यका साथ स्थापित भएको सो कम्पनीमा चिनिया नागरिक नेपाली नाम कुबेर श्रेष्ठ राखेका च्याङले चितवनमा नमुना घाँस खेती गरिरहेका छन् ।

दैनिक सय टन घाँस चीनमा निर्यात गर्ने उद्येश्यका साथ ट्यान यु इन्टरनेसनल प्रालि चितवनमा घाँस प्रशोधन केन्द्र स्थापना गरेका च्याङसँग नेपालका ठूला घरानीय व्यापारिका छोरा, नेपाली राजनीतिमा उच्च ओहोदामा रहेका व्यक्तिका छोरा र दावा छिरिङ वाङको सम्पर्क सम्बन्ध देखिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्