काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको सेवा सुविधामा विशेष छुट हुने भएको छ । सो सम्बन्धमा ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारीहरु तथा योनो नेपाल एसविआई मोबाइल एप प्रयोगकर्ताले ओम हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकका देशभर १६५ शाखामा १५ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले १२ एक्सटेन्सन काउण्टर, १३० शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, २०३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ र एसएमएस बैङ्किङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।