Logo
Logo

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक


693
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो काराबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलोपटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकत २५ प्रतिशत (रु ५०० सम्म) क्यासब्याक प्राप्त गर्नेछन् ।्

३ कात्तिक २०८० सम्म चल्ने बैंकका यस अभियानअन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक सक्रियता र संलग्नता वृद्धि गर्ने योजना रहेको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा कार्यालय, ३६८ एटिएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्