काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहक वर्ग एवं सर्वसाधारणलाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उद्देश्यले स्मार्ट मोबाइल एपको शुरुआत गरेको छ ।
कम्पनीले काठमाडौँमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोबाइल एपको शुभारम्भ गरेका हुन् । मोबाइल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले कम्पनीले सुरु गरेको यस एपबाट आफ्ना अभिकर्ता तथा बीमितले घरबाटै आफ्नो बीमालेखसम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकाले कम्पनीको विश्वसनीयतामा अझ वृद्धि हुने विचार व्यक्त गरिन् ।
यसै गरी प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यावसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धत्ता अनुरुप कम्पनीले स्मार्ट मोवाईल एप लञ्च गरेको र यस एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरुले डिजिटलाइजेसनमार्फत छिटो छरितो कार्य सम्पादन गर्न सक्ने बताए ।
स्मार्ट एपको विशेषताका बारेमा कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीले विस्तृत जानकारी गराउँदै यस एपबाट अभिकर्ताले आफ्नो लगायत संजालको व्यवसाय साथै आफ्ना बीमितहरुको बीमालेख सम्वन्धमा आवाश्यक जानकारी प्राप्त गर्न सकिने र एपमार्फत नै आफ्ना बीमितहरुलाई सम्पर्क गरी बीमालेख व्यतित हुनबाट जोगाउन सक्ने व्यवस्था रहेको जानकारी दिए ।
यसैगरी कम्पनीका बीमितहरुले एपमार्फत नै बीमाशुल्क नवीकरणका सूचना प्राप्त गर्न सक्ने र नवीकरण बीमाशुल्क डिजिटल भुक्तानी गर्न सक्ने एवं सर्व साधारणले पनि कम्पनीका बारेमा विविध महत्वपूर्ण सूचना प्राप्त गर्नेलगायतका विशेषता रहेको जानकारी गराए ।
कार्यक्रममा सहभागी अभिकर्ताले एपको माध्यमबाट सहजरुपमा घरै बसी धेरै काम गर्न सकिने भएको हुँदा आगामी दिनमा बीमा व्यवसाय प्रवद्र्धनमा अझ बढी सहयोग मिल्ने धारणा राखे । कार्यक्रममा देशैभरि रहेका प्रदेश एवं शाखा कार्यालयका प्रमुख र वरिष्ठ अभिकर्ताहरुको उपस्थिति थियो ।