Logo
Logo

लुम्बिनी विकास बैंकले २ लाख कित्ता संस्थापक सेयर बेच्दै


441
Shares

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहका विल बहादुर गुरुङ्ग र विन्दु कुमार थापाको नाममा रहेको २ लाख कित्ता सेयर बिक्रीमा राख्ने भएको हो ।

बैंकका अनुसार विल बहादुरको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दु कुमारको नाममा रहेको ५३ हजार ८९१ कित्ता गरी कूल २ लाख ६३९ कित्ता सेयर बिक्रीमा राखेको हो ।

सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्ने बैंकले जनताएको छ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्