काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि तीनदिने (२०८० असोज ६ गतेदेखि ८ गतेसम्म) “चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम काठमाडौँस्थित होटल ह्यात रिजेन्सीमा सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आव २०७९÷८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल चार सय ५० जनाभन्दा बढी अभिकर्ताहरुलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्नुका साथै नेपालभरिबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ता, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र सञ्जालमा अलग–अलग उत्कृष्ट गर्ने सात लिडर अभिकर्तालाई सम्मानपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।
समारोहमा अध्यक्ष सिंहले नेपालको जीवन बीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमा कम्पनीको रुपमा आफूलाई स्थापित गरेको बताइन् । कम्पनीले आउने दिनहरुमा उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको र यो सबै अभिकर्ताको योगदानबाट मात्र सम्भव हुने भएकाले अभिकर्ताको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले आफ्नो वर्ष भरीको मेहनत र परिश्रमवापत तोकिएको लक्ष्य पूरा गरी चेयरपर्सन क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्तालाई बधाई ज्ञापन गर्दैै अभिकर्ताहरु कम्पनीका मेरुदण्ड रहेको र उनीहरुको परिश्रम र मेहनतका कारण नै कम्पनी सधैँ अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम समावेश गरिएको समारोहमा सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए । कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आईरहेको र विशेषगरी स्वास्थ्य क्षेत्र, वातावरण र महिला सशक्तिकरण जस्ता क्षेत्रमा योगदान पु¥याउन आर्थिक सहयोग उपलब्ध गराउँदै आएकोसमेत जानकारी गराइएको थियो ।