Logo
Logo

जारी एशियाली खेलकुदमा चीनको अग्रस्थान कायम


2.2k
Shares

हाङझाउ । एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले बिहीबार पनि अग्रता कायम गरेको छ । एक सय ६४ पदकसहित पहिलो स्थानमा रहेको छ । चीनले हालसम्म ८८ स्वर्ण, ५० रजत र २६ कास्य पदक हात पारेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले २१ स्वर्ण, २२ रजत र ३८ कास्य गरी ८१ पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको जापानले १८ स्वर्ण, २९ रजत र त्यति नै कास्य हात पारेर अहिलेसम्म ७६ पदक बटुलेको छ । छ वटा, ८ वटा रजत र ११ वटा कास्य पदक हासिल गरेर उज्वेकिस्तानले चौथो स्थानमा चित्त बुझाएको छ ।

भारतले छ वटा स्वर्ण, १० वटा रजत र १५ वटा कास्य पदक गरी जम्मा ३१ वटा पदक जितेर पाँचौ स्थान सुनिश्चित गरेको छ ।
यसैबीच, प्रतियोगितामा उत्तर कोरियाले एकैपटक तीन वटा स्वर्ण पदक जितेको छ । सुटिङमा पहिलोपटक तीन स्वर्ण प्राप्त गरेको उसले पाँच रजत र चार कास्य गरी १२ वटा पदक जितेर पदक तालिकामा दशौँ स्थान हासिल गरेको छ ।

६ वटा स्वर्णसहित कुल १६ पदक जितेर थाइल्याण्ड छैटौँ, पाँच वटा स्वर्णका साथ ३२ पदक पोल्टामा पारेर हङकङ सातौँ, चार वटा स्वर्णका साथ १३ पदक जितेको चाइनिज ताइपेइ आठौँ र तीन वटा स्वर्णसहित जम्मा २२ वटा पदक पाएको इरान पदक तालिकामा नवौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्