Logo
Logo

२५ हजार घुससहित कुलेश्वरबाट दुई कर्मचारी पक्राउ


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १० माघ ।
नेपाल विद्युत प्राधिकरणको कुलेश्वर विद्युत वितरण केन्द्रमा दुई कर्मचारी घुससहित पक्राउ परेका छन् ।

बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरु कृष्ण मुरारी चौधरी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई सेवाग्राहीसँग २५ हजार घुस सहित गुडफुड तन्दुरी अगाडीबाट रंगेहात पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्