Logo
Logo

तस्करीको आईफोनसहित खेतान पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० माघ ।
काठमाडौंमा महंगा मोबाइलको अवैध कारोबार गर्ने युवक पक्राउ परेका छन् । सितापाइला बस्ने सुमित खेतानलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।


न्यूरोडमा रहेको उनको एमके ट्रेड लाइन नामक पसलमा चेकजाँच गर्दा १० वटा आईफोन तथा एउटा सामसुङको नोट ए बरामद गरेको हो । त्यस्तै सामसुङ वाच दुई वटा र एप्पल वाच एउटा पनि बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुले उनलाई पक्राउ गरेको हो ।
न्यूरोडमा धेरै पसलले तस्करीको मोबाइलको काराबोर गर्दै आएका छन् । नियमन प्रणाली नहुँदा तस्करीका मोबाइलको अवैध कारोबार बढेको छ ।

प्रतिक्रिया दिनुहोस्