काठमाडौं । पाँच वर्ष अगाडि काठमाडौंका सडकमा फाट्टफुट्टमात्रै देखिने विद्युतीय सवारी अहिले छ््यापछ्याप्ती देखिन थालेको छ । एक वर्ष अगाडि काठमाडौंका सडकमा एमजी, टाटाको नेक्सन, हुन्डाईको कोना, बिवाइडीको ई–सिक्स देखिन्थे भने, अहिले नयाँ मोडलको बिवाइडीको अटो थ्री, एमजी, नेक्सन इभीले बजार ढाकेको छ ।
हालै सम्पन्न नाडा अटो शो अवलोकन गर्ने ग्राहकहरुमध्ये ८० प्रतिशत ग्राहक विद्युतीय सवारीप्रति आकर्षित भएका छन् । विद्युतीय सवारी महँगो भयो भन्नेहरुका लागि सस्तो विद्युतीय सवारी पनि बजारमा आएको छ । कतिपयले सस्तो चढौं न त भन्नेहरुले सस्तो खालको विद्युतीय सवारी प्रयोग पनि गरेका छन् ।
ब्याट्रीमा प्वाल पार्दा ब्लेड ब्याट्रीमा कुनै किसिमको आवाज आउने, धुँवा निस्कने वा आगोलागी हुने कुनै घटना भएन । तर, त्यहीँ एनसीएम ब्याट्रीमा परीक्षण गर्दा ब्याट्री पड्केर ठूलो आवाज आउनका साथै ब्याट्रीमा आगो लागेको थियो ।
तर विद्युतीय गाडीको सबैभन्दा महत्वपूर्ण कुरा मूल्यभन्दा पनि त्यसमा प्रयोग भएको ब्याट्री कति टिकाउ हुन्छ र त्यस ब्याट्रीको सुरक्षा ग्यारेन्टी के छ भन्ने नै हो । तपाईँले विद्युतीय सवारी खरिद गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला त्यसमा कुन व्याट्री प्रयोग भएको छ भन्ने कुराको जानकारी राख्नुपर्छ । बिवाइडीले ‘ब्लेड’ ब्याट्री प्रयोग गरेको छ । अहिलेसम्म ब्लेट ब्याट्री सबैभन्दा बढी सुरक्षित मानिन्छ । यसको हालै काठमाडौंमा परीक्षण पनि गरियो ।
विद्युतीय सवारी साधन दुर्घटना भयो भने त्यसमा सवार यात्रुहरुको ‘एयर ब्याग’ले केही मात्रामा सुरक्षा प्रदान गर्छ । तर, ब्याट्री नै पड्कियो भने पूरै सवारी साधन आगोले जलेर नष्ट हुन्छ । त्यसैले विद्युतीय सवारी साधन खरिद गर्दा त्यसमा कुन ब्याट्री प्रयोग भएको छ भन्ने कुरामा आम उपभोक्ताको ध्यान जानुपर्छ ।
यस्तै, नेपालमा बिवाइडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले आफ्नो उत्पादनमा सुरक्षा गुणस्तर प्रवद्र्धन गर्न गत शुक्रबार ब्याट्रीको परीक्षण गरेको छ । शुक्रबार गोकर्ण फरेस्ट रिसोर्टमा एक कार्यक्रमबीच बिवाइडीको सवारी साधनमा प्रयोग हुने ब्याट्रीको परीक्षण गरेको हो । बिवाइडीले ई–सिक्स, अटो थ्री र डल्फिन कार र एम थ्री बिक्री गर्दै आएको छ । उक्त सवारीसाधनमा बिवाइडीले ‘ब्लेड’ ब्याट्री प्रयोग गरेको छ । जुन ब्याट्री सबैभन्दा सुरक्षित ब्याट्री हो ।
नेल पेनिट्रेसन टेष्ट ‘माउण्ट एभेरेष्ट’ नाम दिइएको उक्त परीक्षणमा बिवाइडीले प्रयोग गरेको ब्लेड ब्याट्री र अन्य विद्युतीय सवारी साधनले प्रयोग गरेको एसीएम ब्याट्री परीक्षण गरिएको थियो । ब्लेड ब्याट्रीमा सियोले थिच्दा कुनै असर देखिएन भने, अन्यले प्रयोग गरेको एनसीएम ब्याट्रीमा सियोले थिच्दा ब्याट्री पड्किएर आगो लागेको थियो ।
बिवाइडी कम्पनीले आफ्नो उपभोक्तालाई ब्याट्रीको सुरक्षाबारे आश्वस्त तुल्याउन उक्त परीक्षण काठमाडौंमा पहिलोपटक गरेको हो । जसबाट उपभोक्तामा ब्याट्रीको सुरक्षाबारे जनचेतना जगाउने बिवाइडीले विश्वास लिएको छ । उक्त परीक्षणपछि बिवाइडीको विद्युतीय सवारी साधनको विश्वसनीयता बढ्ने अपेक्षा साइमेक्स इंकले गरेको छ ।
साइमेक्स इंकले जनाएअनुसार यसरी ब्याट्रीमा प्वाल पार्दा ब्लेड ब्याट्रीमा कुनै किसिमको आवाज आउने, धुँवा निस्कने वा आगोलागी हुने कुनै घटना भएन । तर, त्यहीँ एनसीएम ब्याट्रीमा परीक्षण गर्दा ब्याट्री पड्केर ठूलो आवाज आउनका साथै ब्याट्रीमा आगो लागेको थियो ।
विज्ञप्तिमा जनाइएअनुसार ‘नेल पेनीट्रेसन टेष्ट’ ब्याट्रीको तापक्रम बढाएर गरिने सबैभन्दा कठिन परिक्षण हो । ब्याट्रीलाई मेसिनले थिचेर र सियो जस्तो किलाले प्वाल पारेर यसको परिक्षण गरिएको थियो । यसरी प्वाल पर्दा बीवाइडीको ब्लेड व्याट्री ६० डिग्रीसम्म तातेको थियो भने एनसीएम ब्याट्री ५०० डिग्री तातेर आगलागी भएको थियो ।