Logo
Logo

मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र रेमिट टु नेपालबीच विप्रेषण भुक्तानीमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताबमोजिम रेमिट टु नेपालमार्फत आएको रकम मुक्तिनाथ रेमिटको सबै एजेण्टबाट सजिलै भुक्तानी लिन सकिनेछ ।

बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र रेमिट टु नेपालका प्रबन्ध निर्देशक सन्तोष भेटवालले विप्रेषण भुक्तानीसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

मुक्तिनाथ विकास बैंकले हाल १३४ शाखामार्फत सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले मोबाइल बैंकिङ, क्युआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङलगायत सेवासमेत प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्