काठमाडौं । महालक्ष्मी विकास बैंक र इ–सेवा फोन पे प्रालिबीच एकअर्काको सेवामा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै बैंकका ग्राहकले इ–सेवा फोनपेका एजेन्टमार्फत बैंकको खाता खोल्न सक्नेछन् । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क मोबाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्ध गराउने बताएको छ ।
बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इ–सेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका हुन् ।