Logo
Logo

माछापुच्छ्रे बैंक २४औँ वर्षमा


819
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड २३ औँ वर्ष पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्षअघि पोखरामा क्षेत्रीयस्तरको बैंकका रूपमा स्थापना भएको माछापुच्छ्रे बैंक ग्राहकको अटुट विश्वास तथा अगाध माया, नियमकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानको फलस्वरुप अहिले व्यवसायिक बैंकहरुमा अब्बल स्मार्ट बैंकका रुपमा स्थापित हुन सफल भएको छ । यस पुनित अवसरमा बैंकप्रति अनवरत साथ सहयोग र विश्वास प्रदान गर्ने ग्राहक महानुभावप्रति बैंक सदैव अनुगृहित रहेको जनाएको छ ।

२४औँ वर्षमा प्रवेशको अवसरमा बैँकले एक कार्यक्रम गरी २० वर्षभन्दा बढी निरन्तर बैंकमा सेवा गरिरहेका कर्मचारीलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रेका अध्यक्ष डा उपेन्द्र महतो र सञ्चालक समितिका सदस्य जयमुकुन्द खनालले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा समृद्धिका लागि अभिभावकको रुपमा निरन्तर मार्गदर्शन तथा साथ दिनुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै थप उत्कृष्ट सुविधा प्रदान गर्दै बैँकको संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमिमा प्रभावकारी भूमिका खेल्दै आइरहेको माछापुच्छ्रेले आजको दिनसम्म आइपुग्दा आफूलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको र स्मार्ट तरिकाबाट ग्राहकको चाहना तथा आवश्यकताबमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै क्रमशः आफ्ना सेवालाई अझ सरल, सहज र विश्वसनीय ढंगले जिम्मेवारीबोध गर्दै राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

माछापुच्छ्रे बैंकले आफ्नो २३ औं वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा अफर ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (एमबिएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिनेछ ।

उक्त अफरअन्तर्गत २ जना भाग्यशाली फोनपे मर्चेन्टले सामसुङ ट्याब्लेट, १ जना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् साथै बैंकको १ जना ग्राहकले एमबिएल एम स्मार्टबाट फोनपे बिलमाफर्त बिल भुक्तानी गर्दा निःशुल््क इन्टरनेट प्याकेज पाउन सक्नेछन् ।

यी अफर असोज १५ देखि ३० गतेसम्मका लागि लागू हुनेछ । बैंकका ग्राहकले दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्मको क्यासब्याक ५२३ र ७२३ रुपैयाँ, नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्र्दा २३% सम्मको क्यासब्याक २२३ रुपैयाँलगायत थुपै्र अफर ल्याएको छ । यी अफरहरु असोज १ गतेदेखि सुरु भएकामा आश्विन १७ मा समाप्त भएका छन् ।

हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्