Logo
Logo

अन्नपूर्ण होटलस्थित भीटू क्लबमा शुक्रबार प्रस्तुत हुँदै सविन राई


1k
Shares

काठमाडौं । युवापुस्ताका ढुकढुकी बनेका गायक सविन राई भोलि शुक्रबार दरबारमार्गको अन्नपूर्ण होटलमा रहेको भीटू क्लबमा प्रस्तुत हुँदैछन् । भीटू क्लबका अनुसार सविनसँगै फराहो ब्यान्डको प्रत्यक्ष प्रस्तुती रहने छ ।

सविन यस्ता गायक हुन्, जो थोरै गीत गाएर धेरैको मनमा बस्न बस्न सफल छन् । गायक राईले सन् २००३ मा ‘सतह’ नाम एल्बम निकाले जसमा समेटिएका गीतले सविन राईलाई स्रोतामाझ अत्याधिक चर्चित बनायो । उनी संगीत प्रेमीमाझ लोकप्रिय गायकका रूपामा स्थिापित भए । ‘सतह’ एल्बमले राईलाई जुन सफलता दिलायो त्यसैका कारण आजसम्म पनि सविन राईलाई संगीत प्रेमीमाझ सर्वप्रिय छन् ।

राईले गायका ‘कोमल त्यो तिम्रो वदन’ ‘गुराँशको फेद मुनि’ ‘किन कि म’ ‘नमूना’ ‘म संसार जित्ने आश गर्दैछु,’ जस्ता गीत स्रोतहरूले आज पनि उत्तिकै रुचाइरहेका छन् । जब राई स्टेजमा उक्लिएर यी गीतहरू बेजोड रूपमा गाउन थाल्छन् त्यसपछि त्यहाँको सांगीतिक वातावरण नै बेग्लै हुन्छ ।

दरबारमार्गमा हालसालै खुलेको यो क्लब निकै आकर्षक छ । यो क्लबमा अत्याधुनिक लाइट सिस्टम र साउण्डको संयोजन गरिएको छ । क्लबको इन्टेरियर निकै मनमोहक छ । सिटिङ अरेजमेन्ट पनि उत्कृष्ट रहेको छ । प्राइम लोकेसन तथा पर्याप्त पार्किङ सुविधा भएको यो क्लबले हरेक दिन फरकफरक इभेन्ट आयोजना गरेर क्लब कल्चरमा नयाँ आयम थप्ने योजना बनाएको यसका सञ्चालक कृष्णकुमार बुढाथोकी बताउँछन् ।

‘शुक्रबार ७ बजे क्लबको डोर ओपन हुनेछ । त्यसपछि विभिन्न डाइनामिक्स ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन’, भीटूको व्यवस्थापक मनोज श्रेष्ठले भने, ‘गायक सविन राई रातीको ११ बजे स्टेज चढ्ने र त्यसपछि निरन्तर उहाँको प्रस्तुति रहनेछ ।’

स्वादिष्ट परिकार, ब्राण्डेड मदिरा तथा सुरक्षित वातावरण, लाइभ म्युजिक, चर्चित डिजेहरूको प्रस्तुति रहने भीटू क्लब जान रुचाउनेहरूका लागि उत्कृष्ट गन्तव्य हुने सञ्चालक बुढाथोकीको दाबी छ । काठमाडौँको क्लब दुनियाँमा नयाँ ‘ट्रेन्ड सेटर’ का रूपमा स्थापित हुने लक्ष्यका साथ खुलेको भीटू क्लब अन्तर्राष्ट्रिय स्तरको रहेको व्यवस्थापक श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्