Logo
Logo

माछापुच्छ्रे बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न


1.1k
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न भएको छ । उक्त साधारणसभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि जिपि राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।

बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई गत आवको मुनाफबाट रु. १,३६,४२,०१,६९२ (चुक्ता पूँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु. ७,१८,००,०८९ (चुक्ता पूँजीको ०.७० प्रतिशत) नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकापसमा गाभ्ने/गाभिनेसम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित रहेको छ ।

उक्त साधारण सभामा बोल्दै बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन बैंकको तर्फबाट यथाशक्य योगदान पु¥याउने उद्देश्यका साथ सन्तुलितरुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्योगलगायतका क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए ।

डा. महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिअनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकारी गराउँदै बैंक सधै अर्थपूर्ण मर्जरका लागि सकारात्मक रही सोहीबमोजिम छलफलसमेत गर्दै आइरहेको जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा बैंक संचालक समितिका सदस्य मुकुन्द महत र जयमुकुन्द खनालले आ–आफ्नो मन्तव्य राख्दै बैंकले आफ्नो आन्तरिक तथा बाह्य लेखापरीक्षणलाई नियमित बनाई बैंकको वित्तीय अवस्थालाई थप पारदर्शी बनाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यहरुलाई निरन्तरता दिने कार्यमा सञ्चालक समितिको साथ रहनेमा प्रतिबद्धता व्यक्त गरे ।

हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ वटा एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्