Logo
Logo

नबिल बैंक र बिल्डिङ इनर्जी इफिसियन्सीबीच सम्झौता


756
Shares

काठमाडौं । नबिल बैंक र बिल्डिङ इनर्जी इफिसियन्सीबीच ऊर्जा दक्षता र दिगो हाउजिङ प्रवद्र्धनका लागि सम्झौता भएको छ । बैंक र बिनले नेपालमा दिगो र जलवायु अनुकूल डिजाइनका लागि काम गर्ने सम्झौता गरेका हुन्  ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र बिनका तर्फबाट डेनियल नेयरले हस्ताक्षर गरेको जनाइएको छ । यो साझेदारीले विशेषगरी परिवर्तित वित्तिय प्याकेजमा विकास, वित्तीय प्याकेजको मूल्यांकन गर्न प्रविधि क्षमता निर्माण गर्ने र दिगो ऊर्जा हाउजिङको प्रवद्र्धन गर्न प्राथमिकताका वित्तिय योजनामा पहुँच पुर्याउन सहजीकरण गर्नेलगायत गतिविधि सञ्चालन हुने नबिल बैंकले जनाएको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बैंक जलवायु परिवर्तनप्रति संवेदनशील रहेको र जलवायु परिवर्तन न्यूनीकरणमा बैंकले योगदान पुर्याउँदै आएको बताए । ऊर्जा दक्षता र दिगो हाउजिङले वातावरणलाई फाइदा पुर्याउनुका साथै समुदाय र आर्थिक चक्रमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो । पौड्यालले २०४५ सम्म शून्य कार्बन उत्सर्जनमा पुग्न ठूलो लगानी आवश्यक पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्