Logo
Logo

सभामुखको निर्वाचन आज, सापकोटो एक्लो उम्मेदवार


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ माघ । लामो समयदेखि प्रतिनिधिसभामा रिक्त रहेको सभामुख पदका लागि आज आइतबार निर्वाचन हुँदैछ । यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।
सभामुखका नेकपाका नेता अग्निप्रसाद सापकोटा एक्लो उम्मेदवार छन् । त्यसैले सापकोटा नै सभामुख हुने निश्चित छ । सापकोटा सभामुख बनेपछि आइतबार नै उनले संसदको पहिलो बैठक बसाउने तयारी गरिएको छ । सापकोटाले पदवहाल गर्नुअघि संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको भुमिका निर्वाह गर्नेछन् । ठाकुरले नै सापकोटा निर्वाचित भएको घोषणा गर्नेछन् ।
असोजदेखि रिक्त रहेको सभामुख पद लामो राजनीतिक खिचातानीपछि पूर्ण हुन लागेको हो । तर, यससँगै उपसभामुख पद रिक्त हुनेछ । शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद अहिले रिक्त रहेको हो । सभामुख र उपसभामुख दुई फरक पार्टीको हुनुपर्ने प्रावधान छ । तर, अहिलेसम्म उपसभामुख कुन दलबाट हुने निश्चित भएको छैन ।

प्रतिक्रिया दिनुहोस्