Logo
Logo

सापकोटाविरुद्धको रिटमाथिको पेशी स्थगित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ माघ । नेकपाका नेता अग्नि सापकोटाविरुद्धको आज तोकिएको पेशी स्थगित भएको छ । आजै सभामुख चयन हुन लागेको सापकोटाविरुद्धको रिटमाथि सुनुवाई न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएपछि स्थगति भएको हो ।
सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले अन्तरिम आदेशको माध्यमबाट सभामुखमा निर्वाचित नगराउन रिट दायर गरेका थिए ।
सापकोटाविरुद्ध सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन परेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशका लागि पेशी तोकेका थिए । तर, पेशीको पहिलो नम्बरमा रहेको भएपनि सापकोटाविरुद्धको उक्त मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको छ । यसअघि फुयाँलले नेता सापकोटाविरुद्ध बहस गरेका थिए ।
यसअघि सापकोटाविरुद्ध नै सर्वोच्चमा बहस गरेका फुयाँल यतिबेला न्यायाधीश भइ सर्वोच्चमै छन् । त्यसकारण आफूले पहिले सापकोटाकै विरुद्धमा बहस गरेको कारण अहिले फुयाँलले उक्त मुद्दा हेर्न नमिल्नेमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्