Logo
Logo

सरकारी एम्बुलेन्समा गाँजा तस्करी, चालकसहित तीन पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

हेटौडा, १२ माघ । सरकारी एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी गरेको पाइएको छ । रौतहटको डुमरिया नगरपालिकाको स्वास्थ्य चौकीको एम्बुलेन्समा ३० किलो ६ सय ग्राम गाँजा ओसारपसार भइरहेको अवस्थामा चालकसहित ३ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार शनिबार बेलुका ७ बजेतिर मकवानपुर उपमहानगरपालिका–१९ नेवारपानीको इलाका प्रहरी कार्यालयले बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा चेकजाँच गर्दा उक्त गाँजा फेला परेको हो । उनीहरुसँग नेपाली र भारतीय गरी ९१ हजार रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले एम्बुलेन्स चालक रौतहटको डमुरिया नगरपालिकाका महम्मद खलिद, रौतहट डुमरियाका अशोक कुमार र भारत मोतिहारीका विनोद सहनीलाई पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुर्मीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्