Logo
Logo

निजी क्षेत्र सधैं पेलिए अर्थतन्त्र गम्भीर संकटमा जान्छः अध्यक्ष ढकाल


441
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले पेलिरहे अर्थतन्त्र गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रमैत्री वातावरण निर्माण नगरे र निजी क्षेत्रलाई सधैं पेलेर अगाडि बढे अर्थतन्त्र झन् गम्भीर संकटमा जाने चेतावनी दिएका हुन् ।

‘निजी क्षेत्र चलायमान नहुँदा राजश्व घटिरहेको छ । उच्च मूल्यवृद्धि छ । अर्थतन्त्र समस्यामा छ । तर राज्यले अनेक ढंगबाट निजी क्षेत्रलाई लखेट्ने काम गरिरहेको छ । यसरी गएर कहाँ पुगिन्छ ? निजी क्षेत्रमैत्री वातावरण होस्’, उनले भने ।

संसदीय समितिमा निजी क्षेत्रलाई अख्तियारले पनि हेर्ने गरी भएको छलफलप्रति पनि ढकालले आपत्ति जनाए । ‘प्रधानमन्त्रीको निर्देशनमा रोकिएको यो विषय पुनः छलफलमा आएपछि हामी झस्किएका छौं’ उनले भने । राज्यका नियामकहरु व्यक्तिलाई पेलेर समग्र अर्थतन्त्रमा समस्या ल्याउनमा उद्दत रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्