Logo
Logo

माछापुच्छ्रे बैंकले १ करोड बढी संस्थापक सेयर बेच्दै


1.1k
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले एकजना संस्थापक सेयरधनीको सेयर बिक्री खुला गरेको छ । बैंकले संस्थापक सुरेन्द्र महतोको नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्री खुला गरेको हो ।

यसमा माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असोज २५ गते) बाट ३५ दिनभित्र माछापुच्छ्रे बैंकको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्