Logo
Logo

लग्जेम्बर्गका विदेशमन्त्री काठमाडौंमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

 

काठमाडौं, १५ माघ । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणक्रममा बुधबार काठमाडौं आइपुगेका छन् ।
उनले आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्दैछन् ।
लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको आज ४५औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुँदैछ । उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्