Logo
Logo

अनुशासन नमान्ने पार्टीको कार्यकर्ता हुन सक्दैन : ओली


2.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बसेर संगठनलाई मान्दीन भन्न नपाउने बताएका छन् । शुक्रबार ललितपुरमा पार्टीको स्कुल विभागले पार्टी बिभागले आयोजना गरेको कार्यक्रममा ओलीले पार्टीमा बसेर महासचिव, उपमहासचिव मान्दिन भन्नु संगठन बिपरित भएको भन्दै अनुशासनहीन र अराजकताले पार्टी अगाडी बढ्न नसक्ने बताएका हुन् ।

पार्टीको अनुशासन नमान्ने व्यक्ति पार्टीको कार्यकर्ता हुन नसक्ने उनको भनाइ छ । अध्यक्ष ओलीले पार्टी सञ्चालन गर्न जनवादी केन्द्रीयता आवश्यकता रहको धारणा राखे । उनले पार्टीको संरचना स्वीकार गर्न नसकिए विधि र नितिहरुको पालना हुन नसक्ने जिकिर गरे । पार्टीबाट प्रशिक्षित भएका व्यक्ति चेतनाको दियो भएर उभिन सक्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्