Logo
Logo

ग्लोबल आइएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगितामा ६० हजार रुपैयाँ जित्ने अवसर


567
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ ।

उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गइ बैंकले दशैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनिक गरेको शर्तहरु पूरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ ।

प्रतियोगितामा सहभागीमध्ये धेरै लाईक आउने तीनजना सहभागीलाई क्रमशः प्रथम पुरस्कार रू ६०,०००, दोस्रो पुरस्कार रू ३५,००० र तेस्रो पुरस्कार रू २५,००० प्रदान गरिने बैंकले जनाएको छ । यो प्रतियोगितामा सहभागी हुन कात्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्