Logo
Logo

सुरुमै केही धक्का देखियो, तर चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता

0
Shares

 

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी ओलीले ‘भ्रमण वर्ष’को प्रारम्भमै केही धक्काका संकेतहरु देखिएको बताएका छन् । उनले चीनबाट फैलिएको कारोना भाइरसप्रति संकेत गर्दै भने, ‘तर, त्यसबाट खाशै चिन्ता गर्नुपर्ने अवस्था छैन ।’
बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा बोल्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्रीले धक्का लाग्न नदिने बताए । उनले भ्रमण वर्षका रुपमा यस वर्षलाई घोषणा गरेको बताउँदै सुरुवाति चरणमा केही प्राकृतिक धक्का लागेको बताए । उनले भने, ‘तर, यसलाई समयमै नियन्त्रणमा लाग्छौँ ।’
प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चीनबाट फैलिएको कोरोनाभाइरस नेपालमा देखिएपनि आत्तिनुपर्ने अवस्था नहेको दावी गर्दै भने, ‘यो संक्रमण अहिलेसम्म यहाँ एकजनामा मात्र देखिएको छ । त्यसको नियन्त्रणमा सरकार लागिपरेको छ ।’
प्रधानमन्त्री ओलीले नेपालमा भोगमरीको अन्त्य भएको समेत दावी गर्दै भने, ‘भोकमरीको अन्तिम घोषणा गरिसकेका छौँ, अब कोही नागरिक भोकै मर्दैन ।’

प्रतिक्रिया दिनुहोस्