Logo
Logo

कोरोनाभाइरसबाट मर्नेको संख्या १३२ पुग्यो, रसुवागढी नाका १५ दिनका लागि बन्द


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ माघ । चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाइरसले मर्नेहरूको संख्या १३२ पुगेको छ । चीनमा कोरोनाभाइरसको संक्रमित संख्या मंगलबारसम्म ५९७४ पुगेको छ भने तीमध्ये ३२३९ जनाको अवस्था गम्भीर रहेको सेन्टर फर हेल्थ प्रोटेक्सन (सीएचपी)ले जनाएको छ ।
यो भाइरस नेपालमा समेत पुष्टि भएको छ । चीनलगायका १६ भन्दा बढी देशमा फैलिएको छ । यो भाइरसबाट चीनमा ३२३९, हङकङमा ८, मकाउमा ७, थाइल्याण्डमा १४, र ताइवानमा ८ मा संक्रमण देखिएको जनाइएको छ ।
त्यस्तै, जापानमा ७, सिंगापुरमा ७, मलेसियामा ७, अमेरिकामा ५, अष्ट्रेलियामा ५, दक्षिण कोरियामा ४ र जर्मनीमा समेत ४ जना संक्रमति भएको बताइएको छ भने फ्रान्समा ३, भियतनाममा २, क्यानाडामा २, नेपालमा १, श्रीलंकामा १ र क्याम्बोडियामा १ जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाइएको छ । हङकङमा कोरोनाभाइरसको संक्रमित संख्या आइतबारसम्म आठ जना पुगेको जनाएको छ । वुहान शहरबाट फैलिएको यो भाइरसले विस्तारै विश्वव्यापी रुप लिँदै गएको छ ।
नेपालमा यो संक्रमण फैलिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प डेक्स स्थपना गरिएको छ भने स्वास्थ्य मन्त्रालयले सर्तक रहन आह्वान गरेको छ । त्यस्तै, चीनसँग जोडिएको रसुवागढी नाका बुधबारदेखि १५ दिनका लागि बन्द गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्