काठमाडौं । ग्लोबल आइएमई बैंकले वडादशैँको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दशैँ रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारमा छुट तथा क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक महानुभावले आफूलाई आवश्यक सरसामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी विओएस मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखी रु. ५०० सम्मको नगद फिर्ता हुनेछ । यस नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक महानुभावले योजना अवधिभर कम्तीमा रु १००० को ३ वटा कारोबार गर्नुभएमा रु. ३०० तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गर्नुभएमा रु. ५०० को नगद फिर्ताबाट लाभान्वित हुनेछन् ।
यो योजना आज असोज २८ गते अर्थात् घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात् वडादशैँ (दशमी)को दिनसम्म लागू हुने बैंकले जनाएको छ ।
बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता महानुभावले आफूलाई आवश्यक सामान खरिद गर्दा क्यूआरकोड स्क्यानमार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम रु. ३०० सम्मको नगद छुट पाउनेछन् । यो योजना पनि घटस्थापनाको दिनदेखि दशमीको दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।