Logo
Logo

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण


- दृष्टि न्युज/संवाददाता

0
Shares

तस्वीर :रासस

काठमाडौं, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज बिहीबार हनुमानढोका दरबारस्थित नासलचोक गइ परम्परानुसार वसन्त श्रवण गरेकी छन् । नेपाल पञ्चांङ निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ९ः०५ बजेको शुभसाइतमा उनले वसन्त श्रवण गरेकी हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरेकी थिइन् । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो ।

 

सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्त श्रवण गर्दै प्रसाद ग्रहण गरे । त्यस्तै, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती कर्मचारी तथा सुरक्षा निकायका प्रमुखले समेत सो अवसरमा वसन्त श्रवण गरेका छन् । परम्पराअनुसार नासलचोकमा कलाकारले वसन्त राग प्रस्तुत गरिएको थियो । वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्