Logo
Logo

एनआइसी एसिया बैंकको वार्षिक साधारणसभा सम्पन्न


504
Shares

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभाले ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

आइतबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष ०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर (रु. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६) र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश (रु. १७ करोड ६५ लाख ३ हजार २४०) वितरणको प्रस्ताव स्वीकृत गरेको हो ।

वार्षिक साधारणसभाले २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको कुल चुक्ता पुँजी रु. १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ पुगेको छ ।

साथै, सभाले आर्थिक वर्ष ०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित ०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरण स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्