Logo
Logo

सद्भाव खल्बलाउने क्रियाकलापबिरुद्ध गम्भीर रुपमा लाग्न गृहमन्त्रीको निर्देशन


441
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक सामाजिक सद्भाव खल्बलाउने क्रियाकलापबिरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

६८औं प्रहरी दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले केही जिल्लाहरुमा देखिएको धार्मिक र सामाजिक सद्भाव खल्वलाउने घटनालाई संवदेनशील रुपमा लिनुपर्ने भन्दै यस्ता क्रियाकलापबिरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका हुन् ।

यस्ता घटनाको नियन्त्रण र भविष्यमा दोहरिन नदिन सरकार र राजनीतिक पक्ष पनि गम्भीर हुनुपर्ने उनको भनाई थियो । उनले अपराधका नयाँ प्रकृतिलाई निष्तेज पार्न र गहन रुपमा अनुसन्धान गर्न संगठनलाई थप प्रविधिमैत्री बनाउँदै अघि बढाउनुपर्ने भएकाले प्रहरीलाई आवश्यक स्रोत साधान उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।

नेपाल प्रहरीको आवश्यक भूमिका र कतव्र्यबोधले मात्रै मुलुकको समृद्धि, सुशासन र कानूनी राज्यको प्रत्याभूत हुने भएकाले यस तर्फ गम्भीर हुन पनि उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्