काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अलबिलाद–एन्जाजको संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्तालाई विभिन्न उपहारहरुको योजना सार्वजनिक गरेको छ । यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद एटिएम, एन्जाज सेल्फ–सर्भिस मेसिन, एनजाज पिओएस, एन्जाज सेन्टर) मा उपलब्ध छ ।
सो योजनाअन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निःशुल्क हवाई टिकट (विश्वको जुनसुकै ठाउँ) २४ जनाले ५ ग्राम सुनका सिक्का, ४५ जनाले सिटी म्याक्सको सपिङ भाउचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्नेछन् ।
यो योजना ३ महिनाका लागि (जनवरी ३० देखि अप्रिल ३०) सम्म लागू हुनेछ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि विश्वभरि आफ्नो रेमिटान्स सुविधा दिँदै आइरहेको छ । एन्जाज र सिटी एक्सप्रेसबीच २०१७ देखि कारोवार सुचारु हुँदै आइरहेको छ ।