Logo
Logo

राष्ट्रियसभा बैठक : कोरना भाइरसबारे सचेतना अपनाउन आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ माघ । राष्ट्रियसभाको बैठकमा सदस्यले आधारभूत स्वास्थ्य उपचार सेवा पाउने संवैधानिक हकको कार्यान्वयन हुनुपर्ने र कोरनाजस्ता भाइरसबाट बच्न सरकारले सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन् ।
आइतबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका राधेश्याम अधिकारीले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार संविधानको मौलक हकमा व्यवस्था भए पनि जनताले निःशुल्क भनिएका औषधि सहजै पाउन नसकेको गुनासो गरे । उनले स्वास्थ्य र शिक्षा सहज हुनुपर्नेमा निजी र सरकारी विद्यालयका नाममा विभेद भएको समेत बताए ।
कांग्रेसकै रमेशजंग रायमाझीले कोरना भाइसर रोक्न सरकारले चासो दिनुपर्ने बताए । नेकपाकी डा विमला राई पौडेलले ग्यासको हिटरले भारतीय पर्यटनको मृत्युजस्ता समस्यालाई गम्भीरतापूर्वक लिई जनताको जीउधनको सुरक्षामा ध्यान दिन माग गरिन् ।
नेकपाका युटोल तामाङले मन्त्रिपरिषद्मा महिलाको सङ्ख्या घटाइएकामा चिन्ता प्रकट गरेका छन् भने राजपाका वृषेशचन्द्र लालले सीमा र राष्ट्रिय सुरक्षाबारे सरकार गम्भीर हुनुपर्ने बताए । नेकपाकी मीना बुढाले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अंग्रेजी विषय शिक्षक अभाव भएकामा चिन्ता प्रकट गरे । समाजवादी फोरमकी प्रमिला कुमारीले नागरिकता विधेयक छिटो ल्याउन माग गरे । नेकपाका शेरबहादुर कुँवरले सुदुरपश्चिमा रहेको छाउपडी प्रथा अन्त्य गराउन आग्रह गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्