Logo
Logo

इन्धनमा आयुक्तको मोज


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० माघ । राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरुले इन्धनको खर्चमा समेत लोभ गरेपछि आयोगका कर्मचारीहरु चकित बनेका छन् । आयोगका तीन सदस्यले इन्धनबापत मासिक १०/१० हजार रुपैयाँ लिने गरेका छन् ।

सामान्यतया यस्तो रकमबाट कार्यालयबाटै इन्धन हाल्न लगाइन्छ । प्रायः चालकहरुले बुझ्ने गर्दछन् । तर, सदस्यहरु सुदीप पाठक, मोहना अन्सारी र प्रकाश वस्तीले पैसा आफैं बुझ्ने र आफैं इन्धन हाल्ने गर्दछन् । आयोगका अध्यक्ष अनुपराज शर्मा र सदस्य गोविन्द शर्मा पौडेलले भने चालकलाई कुपन लिन लगाउने गर्दछन् । चालकहरुले बदमासी गर्न सक्छन् भनेर यसरी तीन जनाले भने नगद नै लिने गरेका हुन् ।

त्यसो त सदस्य वस्तीले त करिब १० महिना दुई ठाउँबाट इन्धन खर्च लिएका थिए । आयोगका साथै द्वन्द्वकालीन आयोग सिफारिस समितिको सदस्यका रुपमा उनले मासिक ३० हजार यातायात खर्च लिएका थिए । आयोगभित्र भ्रमण भत्ता तथा कुपनको ठूलो दुरुपयोग हुँदै आएको स्रोत बताउँछ । अनुगमनको नाममा घुम्न गएर भत्ता लिने प्रवृत्ति बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्